झापामा बालिका बलात्कारको आरोपमा ६ जना पक्राउ

झापामा बालिका बलात्कारको आरोपमा ६ जना पक्राउ

अर्थ चौतारी

झापामा बालिका बलात्कारको आरोपमा ६ जना पक्राउ

A A- A+

विराटनगर । झापाको अर्जुनधारा नगरपालिका– ५ मा बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । सात जनाले सामूहिक बलात्कार गरेको उजुरी परेसँगै घटनामा संलग्न भएको आरोपमा उनीहरु पक्राउ परेका हुन् । एक जना भने फरार रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रबार राति अलग अलग स्थानमा लगेर ती युवाले १६ वर्षीया बालिकामाथि बलात्कार गरेका थिए ।

झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार संलग्न भएमध्ये अर्जुनधारा नगरपालिका–५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई र २५ वर्षीय केशव मगर पक्राउ परेका छन् ।

उनीहरुले पहिले साँझ अर्जुनधारा–८ नयाँ बजारको बाख्रा हाटको फलैंचामा बालिकालाई बलात्कार गरेका थिए ।

पुनः राति ११ बजेतिर अर्जुनधारा–७ स्थित लंका होटल एन्ड रिसोर्टमा लगेर अर्जुनधारा–८ का १९ वर्षीय सुनील राजवंशी र होटल मालिकसहित थप चार जनाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

अर्जुनधारा–७ का २० वर्षीय सुदीप श्रेष्ठ, सुजन डाँगी र सञ्जीव तामाङले पालैपालो बलात्कार गरेको बताइएको छ ।  प्रहरीले घटनाबारे शनिबार साँझ मात्र जानकारी प्राप्त गरेको बताइएको छ । पीडित  बालिकाको उपचार भइरहेको छ । घटनामा संलग्नमध्ये तामाङ फरार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?