गाविस अध्यक्षसहित १७ जनालाई भ्रष्टाचार मुद्दा दायर

गाविस अध्यक्षसहित १७ जनालाई भ्रष्टाचार मुद्दा दायर

अर्थ चौतारी

गाविस अध्यक्षसहित १७ जनालाई भ्रष्टाचार मुद्दा दायर

A A- A+

काठमाडौं । बाँकेको साविक नरैनापुर गाविसका तत्कालीन अध्यक्ष अजयकुमार श्रीवास्तवसहित १७ जनामाथि वृद्ध भत्ताको रकम हिनामिनामा गरि भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर भएको छ ।

अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा तत्कालीन सचिवहरू सावितराम कुर्मी, अशोककुमार श्रीवास्तव, भत्ता बुझिलिने १४ जना छन् ।

अख्तियारका अनुसार गाविसले २०५७/५८ देखि २०७२/७३ सम्म उमेर नपुगेका, नागरिकता नभएका, भारतमा विवाह गरी गएकालाई परिचय पत्र बनाएर ६ लाख ५६ हजार ७ सय रूपैयाँ हानिनोक्सानी गरेको पुष्टि भएको छ ।

भत्ता बुझेका ५ जनाको मृत्यु भएकाले उनीहरूको बिगो तत्कालीन सचिव सावितराम कुर्मीबाट असुल उपरका लागि मागदाबी गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?