भाजपाका अमित शाह ७ लाख ४४ हजार मतान्तरले विजयी, भाजपाले ४३ सिट ल्याउँदा कंग्रेसलाई १५

भाजपाका अमित शाह ७ लाख ४४ हजार मतान्तरले विजयी, भाजपाले ४३ सिट ल्याउँदा कंग्रेसलाई १५

अर्थ चौतारी

भाजपाका अमित शाह ७ लाख ४४ हजार मतान्तरले विजयी, ...

A A- A+

भारतीय जनता पार्टीका हस्ती अमित शाह गुजरातको अहमदावादबाट विजयी भएका छन्। उनले ७ लाख ४४ हजार ७१६ मतान्तरले विजय हासिल गरेका हुन्।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बनारसबाट विजय हासिल गरेका छन्। उनले १ लाख ५२ हजार ५१३ मतान्तरले विजय हासिल गरेका हुन्।भारतीय लोकसभा निर्वाचनको जारी मतगणनामा पछिल्लो परिणामअनुसार भारतीय जनता पार्टीका ४३ उम्मेदवार विजयी घोषित भएका छन्।त्रिपुरा २ बाट भाजपाकी कृतिदेवी देवबर्मन ४ लाख ८६ हजारभन्दा बढी मतान्तरले विजयी भएकी छन्।सुरतबाट भाजपाका मुकेश दलाल निर्विरोध निर्वाचित भएका थिए भने भाजपाले जयपुर र कनार्टकको चित्तदुर्गामा विजय हासिल गरेको छ।जयपुरका भाजपाकी मञ्जु शर्मा ३ लाख ३१ हजारभन्दा बढी मत अन्तरले विजयी भएकी छन् भने चित्तदुर्गाबाट भाजपाका गोविन्द मकथप्पा कजरोल ४८ हजारभन्दा बढी मतान्तरले विजयी भएका छन्।उता भारतीय राष्ट्रिय कंग्रेसले १५ सिटमा विजय हासिल गरेको छ।पञ्जाबको जालन्धरबाट कांग्रेसका चरनजित सिंह चन्नी १ लाख ७५ हजारभन्दा बढी मतान्तरले विजयी भएका छन्। मेघालयको टुराबाट कंग्रेसका सलेङ ए साङ्माले जित हासिल गरेका छन्।जनता दल सेक्युलरले २ स्थानमा विजय हासिल गरेको छ भने आम आदमी पार्टीले एक स्थानमा विजय हासिल गरेको छ। शिवसेनाले १ स्थानमा विजय हासिल गरेको छ।जारी मतगणनामा भाजपाले १९६ सिटमा लिड गरिरहँदा कांग्रेस ८४ सिटमा अगाडि छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?