बागमती प्रदेश कांग्रेस विवाद : दुई सांसदबाट दलका नेता लामाविरुद्धको हस्ताक्षर फिर्ता

बागमती प्रदेश कांग्रेस विवाद : दुई सांसदबाट दलका नेता लामाविरुद्धको हस्ताक्षर फिर्ता

अर्थ चौतारी

बागमती प्रदेश कांग्रेस विवाद : दुई सांसदबाट दलका नेता ...

A A- A+

हेटौँडा– बागमती प्रदेशमा नेपाली कांग्रेसका दुई सांसदले दलका नेता तथा मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्धको हस्ताक्षर फिर्ता लिएका छन् ।

कांग्रेस प्रदेश सांसदद्वय मिना पराजुली र माया श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै दलका नेता लामाविरुद्धको अविश्वास प्रस्तावका विषयमा कुनै जानकारी नै नगराई आफूहरूलाई हस्ताक्षर गराइएकोले त्यसमा आफूहरूको असहमति रहेको उल्लेख गरेका छन् ।

उनीहरूले उक्त प्रक्रियामा आफूहरू सामेल नरहेको र हस्ताक्षर फिर्ता लिई दलका नेता लामालाई समर्थन यथावत् रहेको जनाएका छन् । लामाविरुद्धको अविश्वास प्रस्तावका बारेमा आजको संसदीय दलको बैठकले टुङ्गो लगाउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?