भारतविरुद्ध बङ्गलादेश पहिलो इनिङ्गमा १४९ रनमा अलआउट

भारतविरुद्ध बङ्गलादेश पहिलो इनिङ्गमा १४९ रनमा अलआउट

अर्थ चौतारी

भारतविरुद्ध बङ्गलादेश पहिलो इनिङ्गमा १४९ रनमा अलआउट

A A- A+

काठमाडौं भारतविरुद्धको पहिलो टेस्टमा बङ्गलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बङ्गलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउदै अलआउट भएको थियो ।

योसँगै बङ्गलादेश यस टेस्टको पहिलो इनिङ्गमा २२७ रनले पछाडि परेको छ । बङ्गलादेशका लागि सकिब अल हसनले सर्वाधिक ३२ रन बनाएका थिए भने मेहिदी हसन मिराजले २७ तथा लिटन दासले २२ रन बनाएका थिए ।

बङ्गलादेशलाई अल आउट गर्नेक्रममा भारतीय बलर जसप्रित बुमराहले सर्वाधिक ४ तथा मोहमद सिराज, आकास दीप र रविन्द्र जडेजाले २-२ विकेट लिएका थिए ।

यस अघि पहिला ब्याटिङ गरेको भारतले आफ्नो पहिलो इनिङ्गमा ३७६ रन बनाएको थियो । जसमा भारतीय स्पिन बल आर आश्विनले शतक प्रहार गरेका थिए । आश्विनले ११३ रन बनाए भने रविन्द्र जडेजाले ८६ रन बनाएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?