हसिनाका छोरा भन्छन्– बंगलादेशमा ९० दिनभित्र चुनाव हुने सुनिश्चित भारतले गर्नुपर्छ

हसिनाका छोरा भन्छन्– बंगलादेशमा ९० दिनभित्र चुनाव हुने सुनिश्चित भारतले गर्नुपर्छ

अर्थ चौतारी

हसिनाका छोरा भन्छन्– बंगलादेशमा ९० दिनभित्र चुनाव हुने सुनिश्चित ...

A A- A+

काठमाडौं । अपदस्थ प्रधानमन्त्री शेख हसिनाका छोरा साजिब वाजेद जोयले बंगलादेशमा संविधानअनुसार ९० दिनभित्र निर्वाचन गराउन भारतलाई नेतृत्वदायी भूमिका खेल्न आग्रह गरेका छन् । मंगलबार 'द इन्डियन एक्सप्रेस'लाई दिएको अन्तर्वार्तामा जोयले बंगलादेशको संविधानको पालना गर्दै तोकिएको समयभित्र निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिएका हुन् ।

"मलाई आशा छ, भारतले ९० दिनको संवैधानिक समयसीमाभित्र चुनाव गराउन भूमिका खेल्ने छ । र, अवामी लिगलाई प्रचार गर्न र पुनर्गठन गर्न अनुमति दिने विषयको सुनिश्चित गर्ने छ । यदि यो सुनिश्चित भयो भने म अझै पनि विश्वस्त छु कि हामी चुनाव जित्ने छौँ । हामी अझै पनि सबैभन्दा लोकप्रिय पार्टी हौँ," जोयले अन्तर्वार्तामा भनेका छन् ।

उनले विद्यार्थी आन्दोलनलाई सरकारले राम्ररी व्यवस्थापन गर्न नसक्दा राजनीतिक अस्थिरता बढेको पनि स्वीकार गरे । उनले सरकारले सुरुमा नै आन्दोलनकारीहरूसँग संवाद गरेर विवादित कोटाविरुद्ध बोल्नुपर्ने तर त्यसो हुन नसकेको बताए ।

"मलाई लाग्छ, हाम्रो सरकारले कोटाको विरुद्धमा बोलेर अदालतमा निर्भर रहनुको सट्टा सुरुमा नै आन्दोलनकारीहरूसँग भेट गर्नुपर्थ्यो । सरकारले कोटा घटाउन सर्वोच्च अदालतमा पुनरावेदन दायर गर्‍यो । मैले सार्वजनिकरूपमै हामीले कोटाविरुद्ध बोल्नुपर्छ भनेको थिएँ । तर, हाम्रो सरकारले त्यो कदम चालेन," उनले भनेका छन् ।

उनले विरोध प्रदर्शनमा विदेशी खुफिया एजेन्सीहरूको संलग्नता हुन सक्ने आरोप पनि लगाएका छन् ।

“धेरै प्रदर्शनकारीहरू हतियारसहित देखिएका छन्, जबकि बंगलादेशमा हतियार पाउन धेरै गाह्रो छ । किनकि पछिल्लो १५ वर्षमा हामीले विद्रोहलाई नियन्त्रणमा राखेका छौँ । प्रदर्शनकारीहरूलाई हतियार आपूर्ति गर्न सक्ने एकमात्र संगठन विदेशी गुप्तचर निकाय हुन सक्छ,” उनले भनेका छन् ।

जोयले अगस्ट ५ मा उनकी आमा शेख हसिनाले बंगलादेश छोड्नुअघि भएका घटनाहरूलाई स्मरण गर्दै सुरुमा हसिनाको देश छोड्ने कुनै मनसाय नभएको दाबी गरेका छन् ।

ढाका ट्रिब्युनबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?