भारतमा चोरी गर्ने डोटीका २ जना पक्राउ परेका छन।राजस्थानको एक घरबाट २४ लाख भन्दा बढी नेपाली रुपैयाँ बराबरका गहना र नगद चोरी गर्ने डोटीका सुरेन्द्र आउजी र विनोद आउजी पक्राउ परेका हुन्। चोरीमा सङ्लन्न रवि आउजी फरार रहेका छन्। प्रहरीका अनुसार उनीहरूले सोमवार भारतको राजस्थानका मोड सिंहको घरबाट दुई लाख ६२ हजार सात सय चार नेपाली रुपैयाँ बराबरको भारतीय मुद्रा र २४ लाख नेपाली रुपैयाँ बराबरको सुन चोरी गरेका थिए। राजस्थानको किशनगढ जिल्ला अजमेरमा सिँहले निवेदन दिएका थिए। चोरी गरेको नगद र सुनसहित नेपाल प्रवेश गर्न लागेका उनीहरूलाई पलिया प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई राजस्थान पठाइएको छ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच