काठमाडौं । काठमाडौंको बल्खु खोला किनारमा एउटा शव फेला परेको छ । शवको सनाखत भएको छैन ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी पुगेर शवको पहिचान गर्ने प्रक्रिया अघि बढाएको छ । शुक्रबार बेलुकी काठमाडौंको ढुंगेधाराबाट एक युवक मोटरसाइकलसहित ढलमा खसेका थिए । मोटरसाइकल फेला परे पनि मान्छे फेला नपरेपछि खोजीकार्य जारी छ ।
यसैबीच आज बिहानपख ललितपुर महानगरपालिका १३ कुसुन्ती दिव्यनगरमा नख्खु खोलाको बहाब बढेपछि मोटर ग्यारेजमा फसेका करिब ३० जना मजदुरको सशस्त्र प्रहरीले उद्धार गरेको छ । उनीहरुलाई उद्धार गर्न सशस्त्र प्रहरीको २१ नम्बर गणबाट ३० जनाको टोली र २० नम्बर गणबाट ११ जनाको टोली डुंगासहित परिचालित भएको थियो ।
उनीहरुलाई आज बिहान करिब ५ बजेदेखि उद्धार सुरु गरिएको थियो ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच