काठमाडौं- बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा दिनदिनै प्रदर्शन हुन थालेको छ ।
नेपाल प्रहरीको साइबर ब्यूरोले दुई दिनअघि पक्राउ गरेका उनलाई नि:शर्त रिहाइ माग गर्दै समर्थकहरूले काठमाडौंसहित देशका विभिन्न भागमा प्रदर्शन गरिरहेका छन् ।
मंगलबार मात्रै लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपाल, चुरेभार राष्ट्रिय एकता पार्टी नेपाल र नागरिक बचाऊ महाअभियान नेपालले दुर्गा प्रसाईंको पक्षमा माइतीघर मण्डलमा प्रदर्शन गरे ।
प्रसाईंको पक्षमा उत्रिएकाहरूले मुखमा मास्क र त्यसमाथि कालो टेप लगाउँदै प्रदर्शन गरेका हुन्। उनीहरूले ‘एक थोपो रगत रहुन्जेल केपी ओलीसँग लड्छु’ भनेर प्रसाईंले दिएको अभिव्यक्तिलाई प्रिन्ट गरेर पनि प्रदर्शन गरेका छन् ।


इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच