नेपाल सम्मिलित ‘ग्रुप अफ डेथ’ बाट दोस्रो चरणमा पुग्ने कसको सम्भावना केमा निर्भर छ

नेपाल सम्मिलित ‘ग्रुप अफ डेथ’ बाट दोस्रो चरणमा पुग्ने कसको सम्भावना केमा निर्भर छ

अर्थ चौतारी

नेपाल सम्मिलित ‘ग्रुप अफ डेथ’ बाट दोस्रो चरणमा पुग्ने ...

A A- A+

काठमाडौं । नेपालले श्रीलङ्काविरुद्ध ‘नरुचाएको’ एक अङ्क लिइसकेको छ। अब नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिकारवेस्ट इन्डिजमा जारी टी-२० विश्वकपमा कम्तीमा अङ्कविहीन हुनु पर्ने छैन।श्रीलङ्कासँग बाँडिएको त्यो अङ्कले जारी विश्वकपको समूह ‘डी’को समीकरण भने गणितीय हिसाबमा रोचक बन्न पुगेको छ।कठिन समूह भएकाले ‘ग्रुप अफ डेथ’ भनिएको समूह ‘डी’ को बाँकी खेलहरू रोमाञ्चक बन्ने अवस्था छ।यो समुहबाट दक्षिण अफ्रिका सुपर ८ मा पुगिसकेको छ। केही नाटकीय परिणाम आएमा बाँकी चार राष्ट्र नेदरल्यान्ड्स, बाङ्ग्लादेश, नेपाल र श्रीलङ्का मध्ये जुनसुकै एउटा टोली अर्को चरणमा उक्लिन सक्नेछ।

नेपालको सम्भावना कति ?
ताजा तालिकामा दक्षिण अफ्रिका शीर्ष स्थानमा छ। नेदरल्यान्ड्स र बाङ्ग्लादेश समान २ अङ्कका साथ दोस्रो र तेस्रो नम्बरमा छन्।दुई खेलबाट नेपालको १ अङ्क मात्र छ। श्रीलङ्काको ३ खेलपछि एक अङ्क भएपनि रन रेटका आधारमा पुछारमा छ।बाँकी ३ राष्ट्रले २/२ खेल खेल्न बाँकी हुँदा श्रीलङ्काले अन्तिम एउटा खेलमात्र खेल्न बाँकी छ।सम्भावनाको सुरुआत नेपालबाट गरौँ।नेपालले सबैभन्दा पहिले दक्षिण अफ्रिका र त्यसपछि बाङ्ग्लादेशसँगको बाँकी २ खेल जितेर ४ अङ्क प्राप्त गर्नुपर्नेछ।तर त्यो त्यति सहज हुनेछैन।नेपाल र बाङ्ग्लादेश टी २० खेलमा एक चोटि आमने सामने भएका छन् जसमा बाङ्ग्लादेश विजयी रहेको थियो।जारी विश्वकपमा शानदार खेल प्रदर्शन गरिरहेको दक्षिण अफ्रिकासँग नेपालले एक पटक पनि खेलेको छैन।यो विश्वकपमा नेपालले आश्चर्यजनक परिणाम निकालेको खण्डमा पनि दोस्रो चरणमा पुग्न उसले अन्य टोलीको खेलको नतिजा पर्खिनुपर्नेछ।दुई खेल जितेमा नेपालको खातामा ५ अङ्क हुनेछ। यस्तो अवस्थामा बाङ्ग्लादेश र नेदरल्यान्ड्सबीचको खेल नेपालको लागि निर्णायक बन्ने देखिन्छ।नेपालको चाहना बाङ्ग्लादेशले नेदरल्यान्ड्सलाई पराजित गरिदेओस् भन्ने हुनेछ। त्यसो भएमा दुवै टोली ४र४ अङ्कमा सीमित हुनेछ।

र, ५ अङ्कले पाएको नेपाल शीर्ष दुईमा रहेर सुपर ८ मा पुग्नेछ।
अन्य टोलीको सम्भावना कति
यो समूहको मुख्य प्रतिस्पर्धा नेदरल्यान्ड्स र बाङ्ग्लादेशबीच हुनेछ। उक्त खेलको विजेता सम्भावित सुपर ८ मा पुग्ने टोली हुनेछ।उक्त खेल बिहीवार (जुन )३० मा हुँदैछ।सिधा समीकरण के हो भने नेदरल्यान्ड्सले बाङ्ग्लादेश र श्रीलङ्कालाई पराजित गरेमा सोझै सुपर ८ मा पुग्नेछ।बाङ्ग्लादेशले पनि नेदरल्यान्ड्स र नेपाललाई पराजित गरे माथि उक्लिनेछ।तर यदि यी दुई बीचको खेल पनि वर्षाले अवरुद्ध भएमा अन्य टोलीको सम्भावना बढी हुनेछ।जस्तै नेपालले बाङ्ग्लादेशलाई हराएमा र श्रीलङ्काले नेदरल्यान्ड्सलाई हराएमा श्रीलङ्काको पनि दोस्रो चरण पुग्ने सम्भावना रहन्छ।यस्तोमा नेपालको पनि सम्भावना जिउँदो रहन सक्छ।मुख्य विषय चाहिँ के हो भने नेपालले पाएको समीकरण भने सहज छैन। दुई टेस्ट राष्ट्रसँग जित र अन्य टोलीको खेलको नतिजा पर्खिनु पक्कै पनि अप्ठेरो समीकरण हो।तर अनुमान विपरीतको नतिजा निस्किरहेको जारी विश्वकपमा जे पनि सम्भव रहेको सहभागी राष्ट्रका प्रशिक्षकहरूले बताउँदै आएका छन्। -बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?