नेपाल प्रवेश गर्न लागेका २ बंगलादेशी नागरिक मोरङको रानी नाकाबाट फिर्ता

नेपाल प्रवेश गर्न लागेका २ बंगलादेशी नागरिक मोरङको रानी नाकाबाट फिर्ता

अर्थ चौतारी

नेपाल प्रवेश गर्न लागेका २ बंगलादेशी नागरिक मोरङको रानी ...

A A- A+

काठमाडौं । नेपाल प्रवेश गर्न लागेका दुई बंगलादेशी नागरिकलाई मोरङको नाकाबाट नेपाली सुरक्षाकर्मीको टोलीले फिर्ता गरेको छ ।

मोरङको विराटनगर महानगरपालिका-१५ हुलास चोकमा रहेको प्रस्तावित सीमा सुरक्षा गुल्म (प्रसीसु) गुल्म रानीबाट खटिएको सशस्त्र प्रहरीको ५ जनाको टोलीले नेपाल प्रहरीको संयुक्त टोलीले दुई बंगलादेशी नागरिकलाई मंगलबार फिर्ता गरेको हो ।
उपचारको बहाना बनाएर नेपाल प्रवेश गर्न खोजेका उनीहरुलाई फिर्ता गरिएको सशस्त्र प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार भारततर्फ फिर्ता गराइएका बंगलादेशी नागरिकहरुमा ४९ वर्षीय एमडी रिएजुल कोरिम र ६३ वर्षीय एमएसटी जायद बेगम छन् । उनीहरुलाई मंगलबार पौन १ बजे भारततर्फ फिर्ता गराइएको हो ।

बंगलादेशमा आन्दोलन चर्किएर प्रधानमन्त्री शेख हसिनाले समेत देश छाड्नु परेपछि त्यसको असर नेपालमा समेत पर्ने भन्दै उच्च सतकर्ता अपनाएर सीमा सुरक्षामा अहिले कडाइ गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?