अपराजित सुदूरपश्चिमलाई चुनौती दिँदै चितवन, टस जितेर पहिले ब्याटिङ गर्दै

अपराजित सुदूरपश्चिमलाई चुनौती दिँदै चितवन, टस जितेर पहिले ब्याटिङ गर्दै

अर्थ चौतारी

अपराजित सुदूरपश्चिमलाई चुनौती दिँदै चितवन, टस जितेर पहिले ब्याटिङ ...

A A- A+

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर चितवनका कप्तान कुशल मल्लले ब्याटिङ रोज्दै सुदूरपश्चिमलाई फिल्डिङको निम्तो दिएका हुन् ।

प्रतियोगितामा सुदूरपश्चिम आज चौथो जितको लक्ष्यमा छ । सुदूरपश्चिमले यसअघि विराटनगर किंग्सविरुद्ध ९० रन, काठमाडौं गुर्खाजविरुद्ध ७३ रन र लुम्बिनी लायन्सविरुद्ध ४५ रनको जित निकालेको थियो ।

यता, चिवतन भने तेस्रो जितको खोजीमा छ । चितवनले यसअघि पहिलो र दोस्रो खेलमा क्रमशः काठमाडौंविरुद्ध पाँच विकेट र पोखरा एभेन्जर्सविरुद्ध ८७ रनको जित निकालेको थियो । तेस्रो खेलमा भने चितवनले कर्णाली याक्सविरुद्ध ६ विकेटको हार बेहोरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?