शिक्षा समितिका सभापतिलाई नेविसंघको प्रश्न– ‘विद्यालय शिक्षा विधेयक कता हरायो ?’

शिक्षा समितिका सभापतिलाई नेविसंघको प्रश्न– ‘विद्यालय शिक्षा विधेयक कता हरायो ?’

अर्थ चौतारी

शिक्षा समितिका सभापतिलाई नेविसंघको प्रश्न– ‘विद्यालय शिक्षा विधेयक कता ...

A A- A+

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विद्यालय शिक्षा विधेयक कता हराएको भन्दै प्रश्न गरेको छ । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै नेविसंघले विधेयक कता हराएको भन्दै प्रश्न गरेको हो । नेविसंघले विधेयकमाथिको छलफल तत्काल अघि बढाउन माग गरेको छ ।

विद्यालय शिक्षा विधेयक लामो समयदेखि शिक्षा समितिमा छलफलको क्रममा छ । तर, पछिल्लो समय विधेयकमाथिको छलफल कम भएको छ । विधेयक लगायत शिक्षा क्षेत्रका विविध विषयमा सभापति थापालाई ९ बुँदे ज्ञापन पत्र बुझाउँदै विधेयक कता हराएको भन्दै प्रश्न गरेको हो ।
नेविसंघले सभापति थापासँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका शिक्षा सचिव डा. दीपक काफ्लेलाई समेत ज्ञापन पत्र बुझाएको छ । नेविसंघका प्रवक्ता सुरज सेजुवालले शिक्षा क्षेत्रका विभिन्न मागहरू राखेर सभापति र शिक्षा सचिवलाई ज्ञापन पत्र बुझाएको बताए ।
नेविसंघले विद्यालय शिक्षासँगै विश्वविद्यालय छाता ऐन चाँडो भन्दा चाँडो जारी गर्न समेत माग गरेको छ । त्यस्तै मापदण्ड विपरीत चर्को भर्ना शुल्क असुल्ने विद्यालयहरूलाई कारबाही गर्न समेत माग गरेको छ । कक्षा ११ मा भर्नाको नाममा कतिपय विद्यालयहरूले चर्को शुल्क लिइरहेको भन्दै नेविसंघले त्यस्ता विद्यालयहरूमाथि तत्काल कारबाही गर्न माग गरेको हो ।

भर्नाको नाममा दोहोरो भर्ना शुल्क लिने गरेको भन्दै त्यस्ता विद्यालयमाथि छानबिन गरेर कारबाही माग गरिएको प्रवक्ता सेजुवालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?