काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरूविरुद्ध सार्वजनिक सम्पत्ति हानि पुर्याएको आरोप लगाइएको छ । विशेष अदालतमा बुधबार दायर गरिएको मुद्दामा परियारसहित महानगरका निर्देशक रविनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरीमाथि ४ करोड ३१ लाख ७२ हजार रुपैयाँ बिगो माग गरिएको छ ।
उनीहरूविरुद्ध बसुन्धरादेखि म्हेपीसम्मको सामाखुसी करिडोरमा ढल निर्माण कार्यमा बढी मूल्यमा ठेक्का दिनु र भ्रष्टाचार गरेको आरोप लगाइएको हो । ठेक्का समानान्तर निर्माण सेवा प्रालि र कल्पवृक्ष-कोहिनुर जेभीबीच भएको थियो ।
कम मूल्यमा बोलकबोल गरेको समानान्तरको सट्टा बढी मूल्यमा बोलकबोल गरेको कल्पवृक्ष–कोहिनुर जेभीलाई ठेक्का दिएको उजुरी परेको थियो ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच