काभा वुमन्स भलिबल : पहिलो खेलमा नेपालको जित

काभा वुमन्स भलिबल : पहिलो खेलमा नेपालको जित

अर्थ चौतारी

काभा वुमन्स भलिबल : पहिलो खेलमा नेपालको जित

A A- A+

काठमाडौं । आजबाट सुरु भएको काभा वुमन्स नेसन्स लिग भलिबलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको पहिलो खेलमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले पहिलो सेट २५–१९, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–१९ ले जित हासिल गरेको हो । प्रतियोगितामा नेपाल र श्रीलंकासहित भारत, माल्दिभ्स र इरान सहभागी छन् । खेल राउण्ड रोविन लिगका आधारमा हुनेछ। लिगको शीर्ष चारमा रहने टोली सेमिफाइनल खेल्नेछन् । सेमिफाइनलमा पहिलो र चौथो तथा दोस्रो र तेस्रो स्थानमा रहने टिमले प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल साउन २२ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?