राजर्षिजनक विश्वविद्यालयको आठौँ साधारणसभा सम्पन्न, सक्षम जनशक्ति तयार गर्न प्रधानमन्त्रीको आग्रह

राजर्षिजनक विश्वविद्यालयको आठौँ साधारणसभा सम्पन्न, सक्षम जनशक्ति तयार गर्न प्रधानमन्त्रीको आग्रह

अर्थ चौतारी

राजर्षिजनक विश्वविद्यालयको आठौँ साधारणसभा सम्पन्न, सक्षम जनशक्ति तयार गर्न ...

A A- A+

काठमाडौँ, २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजर्षिजनक विश्वविद्यालयलाई विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज भएको उक्त विश्वविद्यालयको ८औं साधारणसभा बैठकमा प्रधानमन्त्री एवं कूलपति ओलीले सक्षम जनशक्ति तयारीका लागि देखिएका समस्याको समाधानका लागि संयुक्तरुपमा प्रयास केन्द्रित गर्नुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहास र पृष्ठभूमिसँग जोडिएको जनकपुरमा रहेको सो विश्वविद्यालयले पाठ्यक्रम तयार गर्दा पूर्वीय दर्शनका साथै नेपाली दर्शन र त्यहाँका वैभवका विषयमा ध्यान दिन आग्रह गरे । ‘नेपालको आफ्नै पौराणिकता छ । यसको आफ्नै गौरव छ । विश्वका कतिपय मुलुकहरु अस्तित्वमै नआएका बेला हाम्रो पुुर्खाहरु ज्ञान–विज्ञानको शास्त्रार्थ गर्दै थिए । हाम्रा असङ्गठित विश्वविद्यालयका रुपमा शिवलाई मानिन्छ । त्यस अर्थमा यस भूभागले विश्वलाई प्रेरणा दिएको छ,’– प्रधानमन्त्री ओलीले भने ।

बैठकमा विश्वविद्यालयका सहकूलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, सहकूलपति एवं मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौडेल, विश्वविद्यालयका भीसी प्रा.डा. अम्मर प्रसाद यादव, रजिष्टार प्राध्यापक सत्यनारायण साहलगायत विभिन्न संकायका डीनहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?