विराटनगर । मोरङको सुन्दरहरैंचा-६ मा जंगली हात्तीको बच्चा (छावा) मृत भेटिएको छ ।बुधबार बिहान स्थानीय दुर्गा मन्दिर टोल नजिक भक्तराज लिम्बुको केरा बगानभित्र भाले छावा मृत फेला परेको हो ।अन्दाजी ५-६ वर्षको जस्तो देखिने हात्तीको छावा कसरी केरा बगानभित्र पुग्यो र मृत्यु भयो भन्ने यकिन हुन बाँकी रहेको लाटीझोडा सब डिभिजन वन कार्यालयका प्रमुख एवम् अधिकृत अमृतविलाश पन्तले बताए ।छावाको सुँडको छेउमा सामान्य चोट देखिएको उनले बताए । कोशी टप्पु वन्यजन्तु आरक्षको टोली अनुसन्धानका लागि घटनास्थल तर्फ जाँदैछ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच