काठमाडौं । नेपाल प्रिमियर लिग एनपिएलको इलिमिनेटरअन्तर्गतको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७५ रन बनायो । कर्णालीका दुई ब्याटरले अर्धशतक प्रहार गरे ।
ओपनर जयकिशन कोल्सावाला र विलियम बोसिस्टाले अर्धशतक पुरा गरे ।
जयकिशन ४३ र विलियम ५२ रनमा बनाएर आउट भए । रित गौतम ०, जिसन मक्सदु १४, देव खनाल ३ र गुल्सन झा ० रनमा आउट भए ।
चाडविक वाल्टन ४६ रनमा अविजित रहे । विलियमले जयकिशनसँग मिलेर ५९ र चाडविकसँग मिलेर ६७ रनको साझेदारी गरेका थिए ।
बलिङमा सोहिल तवविरले २, शरद भेषावकर, कप्तान कुशल मल्ल र रवि बोपाराले एकएक विकेट लिए । यो खेलमा विजेता हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच