अस्ट्रेलियामा सोह्र वर्षीया युवकमाथि आतङ्कवादी योजना र तयारीको आरोप

अस्ट्रेलियामा सोह्र वर्षीया युवकमाथि आतङ्कवादी योजना र तयारीको आरोप

अर्थ चौतारी

अस्ट्रेलियामा सोह्र वर्षीया युवकमाथि आतङ्कवादी योजना र तयारीको आरोप

A A- A+

सिड्नी, १८ भदौ । अस्ट्रेलियाली प्रहरीले मङ्गलबार पूर्वी सहर ब्रिस्बेनमा चलिरहेको आतङ्कवाद विरोधी अनुसन्धानको एक हिस्साको रूपमा एक १६ वर्षीया युवालाई आरोप लगाएको छ । एक आतङ्कवाद विरोधी संयुक्त टोलीले उक्त व्यक्तिलाई आतङ्कवादी कार्यहरूको योजना र तयारी गरिरहेको आरोप लगाएको प्रहरीले जनाएको छ ।एक १६ वर्षीया किशोरले सहरको उत्तरमा रहेको विद्यालयमा आक्रमण गर्ने योजना बनाएको स्थानीय सञ्चारमाध्यमले जनाएको हो ।सुरक्षा सेवाले युवालाई “केही समयका लागि निगरानी“मा राखेको ब्रिस्बेन टाइम्सले जनाएको छ ।अस्ट्रेलियाली सङ्घीय प्रहरीले यस विषयमा थप टिप्पणी गर्न अस्वीकार गर्दै “सार्वजनिक सुरक्षामा हाल कुनै खतरा नरहेको विश्वास व्यक्त गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?