डोटी । दिपायल सिलगढी नगरपालिका-४ समूहगाडमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । धनगढीबाट दिपायलतर्फ गईरहेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिए । दुर्घटनामा घाइते भएकाहरूको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट करिब ३५ मिटर तल खसेको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच