एनएमबी बैङ्कले १०० रुपैयाँ अङ्कित अग्राधिकार शेयर जारी गर्ने

एनएमबी बैङ्कले १०० रुपैयाँ अङ्कित अग्राधिकार शेयर जारी गर्ने

अर्थ चौतारी

एनएमबी बैङ्कले १०० रुपैयाँ अङ्कित अग्राधिकार शेयर जारी गर्ने

A A- A+

काठमाडौं– एनएमबी बैङ्क लिमिटेडले अग्राधिकार शेयर जारी गर्ने भएको छ ।कम्पनीले १०० रुपैयाँका दरले ३ करोड कित्ता अर्थात ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने भएको हो ।बैङ्कका कम्पनी सचिव प्रमोद कुमार दाहालका अनुसार ८.२५ प्रतिशत लाभांश दिने गरि अग्राधिकार शेयर जारी गर्न लागको हो ।कम्पनीले निष्कासन गरेको शेयरमध्ये प्रतिफल तथा पूँजी फिर्तामा अग्र अधिकार हुने शेयरलाई अग्राधिकार शेयर भनिन्छ ।अग्राधिकार शेयरधनीलाई बोनस दिएपछि मात्र अन्य साधारण लगानीकर्तालाई दिने गरिन्छ ।एनएमबी बैङ्कले नेपाल राष्ट्रबैङ्क र अन्य नियामक निकायबाट अनुमति पाएपछि अग्राधिकार शेयर जारी गर्ने कम्पनी सचिव दाहालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?