कांग्रेस-एमाले सहकार्यबारे रविको टिप्पणी : विनोद चौधरीले बालकोटमा गीत गाएपछि हामीलाई झस्कायो

कांग्रेस-एमाले सहकार्यबारे रविको टिप्पणी : विनोद चौधरीले बालकोटमा गीत गाएपछि हामीलाई झस्कायो

अर्थ चौतारी

कांग्रेस-एमाले सहकार्यबारे रविको टिप्पणी : विनोद चौधरीले बालकोटमा गीत ...

A A- A+

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता सहकार्यको संकेतले आफूहरूलाई झस्काएको बताएका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिने क्रममा उनले प्रधानमन्त्री ओलीको राजनीतिक त्यागप्रति सम्मान रहेको उल्लेख गरे ।‘उहाँको राजनीतिक योगदान, उहाँको राजनीतिक त्याग र बलिदानप्रति हामीले कञ्जुस्याँईं नगरी सम्मान गरेका छौं । अहिले पनि सम्मान छ । तर, सरकार सुरु हुनेबित्तिकै हामीले अनुसन्धान गरिरहेको विषय, कोही हाजिरी जमानीमा छुट्नु भएको मान्छे बालकोटमा गीत गाउँदै हुनुहुन्थ्यो, बाँसबारी छाला जुत्ताको जग्गाको अनुसन्धान चलिरहेको हुँदाहुँदै गीतको आवाज आयो बालकोटबाट, त्यहाँ हामीलाई शंकाको विषय बन्यो’, उनले भने, ‘त्यसपछि मन्त्रिपरिषद् बन्यो । जहाँ जहाँ हामीले विषय उठायौँ, त्यहाँ त्यहाँ पुरस्कार देखियो । नक्कली भुटानी शरणार्थी प्रकरणको पुन:अनुसन्धान सुरु भयो, मन्त्रिमण्डलमा को गयो, संसद र देशलाई राम्रासँग थाहा छ ।’

उनले जहाँ जहाँ आफूहरूले प्रश्न उठाएको त्यहाँ त्यहाँ पुरस्कार दिइएको बताए । ‘हामीले बालमन्दिरको विषय उठायौं । त्यहाँ पनि पुरस्कार ? बालमन्दिरको विषय उठाइरहँदा मन्त्रिमण्डलमा कस्तो सदस्य जानुभयो, त्यसले पनि हामीलाई झस्काउने वातावरण सिर्जना गर्यो’, उनले भने, ‘सभामुख महोदय, मैले यो कुरा भन्नै पर्छ । त्यो मात्रै होइन, स्काउटको विषय हामीले उठायौं, फेरि पनि मन्त्रिमण्डल हेर्यौं, जहाँ जहाँ हामीले प्रश्न उठाएका छौं । त्यहाँ त्यहाँ पुरस्कार पाएपछि हामीले कसरी विश्वास गर्ने ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?