झापा– झापामा पूजाको प्रसाद खाँदा ६० जनाभन्दा बढी बिरामी परेका छन् । झापाको अर्जुनधारा नगरपालिका-९ मा उनीहरु बिरामी परेका हुन् । स्थानीय रिता निरौलाको घरमा बुधबार सत्यनारायणको पूजा लगाइएको थियो । सोही पूजाको प्रसाद खाँदा स्थानीयका साथै पाहुनासमेत बिरामी परेको बताइएको छ। बिरामीमध्ये अधिकांशमा पखाला, ज्वरो र बान्ता भएको बताइएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । पूजाको प्रसादमा फुट पोइजन हुँदा गाउँ नै बिरामी परेको अर्जुनधारा नगरपालिका-९ का वडा अध्यक्ष भीष्म मिश्रले बताए ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच