एमएच१७ विमान खसालिएको घटनामा रुसलाई जवाफदेही बनाउने अस्ट्रेलियाको प्रतिवद्धता

एमएच१७ विमान खसालिएको घटनामा रुसलाई जवाफदेही बनाउने अस्ट्रेलियाको प्रतिवद्धता

अर्थ चौतारी

एमएच१७ विमान खसालिएको घटनामा रुसलाई जवाफदेही बनाउने अस्ट्रेलियाको प्रतिवद्धता

A A- A+

एजेन्सी– अस्ट्रेलियाले बुधबार सन् २०१४ मा झन्डै ३०० जनाको ज्यान जाने गरी मलेसियन एयरलाइन्सको एमएच-१७ विमान खसालिएको घटनामा रुसलाई जवाफदेही बनाउने प्रतिबद्धता जनाएको छ। सन् २०१४, १७ जुलाई मा एम्स्टर्डमबाट क्वालालम्पुर जाँदै गरेको बोइङ-७७७ विमानलाई पूर्वी युक्रेनमा रूसद्वारा निर्मित हवाई मिसाइल प्रहार गरेर खसालिएको थियो । विमानमा सवार ३८ जना अस्ट्रेलियाली नागरिकसहित सबै दुई सय ९८ जनाको मृत्यु भएको थियो। क्यानबेरामा विमान आक्रमणमा मृत्यु भएकाको सम्झनामा आयोजित स्मारक समारोहमा विदेशमन्त्री पेनी वोङले शोकाकुल आफन्तहरूलाई भने, ‘रुसलाई जवाफदेही बनाउने प्रतिबद्धतामा अष्ट्रेलिया विचलित हुने छैन ।’ अस्ट्रेलिया र नेदरल्यान्ड्सको संयुक्त राष्ट्र संघीय एजेन्सी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनमा रुसविरुद्ध मुद्दा चलिरहेको छ। रुसले घटनामा कुनै पनि संलग्नता अस्वीकार गरेको छ । विमान दुर्घटनामा आफ्ना आमाबाबु गुमाउने पल गार्डले विगत १० वर्ष निकै लामो समय रहेको र रुसलाई यस घटनाको लागि जवाफदेही बनाउनुपर्ने चाहना व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?