डडेल्धुरामा एकनाले भरूवा बन्दुकसहित दुई जना पक्राउ

डडेल्धुरामा एकनाले भरूवा बन्दुकसहित दुई जना पक्राउ

अर्थ चौतारी

डडेल्धुरामा एकनाले भरूवा बन्दुकसहित दुई जना पक्राउ

A A- A+

डडेल्धुरा । डडेल्धुरामा एकनाले भरूवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको आलिताल गाउँपालिका–६ धिमडास्थित सडकबाट एकनाले भरूवा बन्दुक र सोही बन्दुकमा लाग्ने २ थान सिसाको गोली सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–६ फल्ले खर्क बस्ने ५१ वर्षीय वीरबहादुर कुँवर र ४३ वर्षीय कर्णबहादुर कुँवर रहेका छन् । अस्थायी प्रहरी पोष्ट धिमडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुमथि प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?