महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि प्राइम बैंकलाई

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि प्राइम बैंकलाई

अर्थ चौतारी

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि प्राइम बैंकलाई

A A- A+

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४– संस्करण–३ को उपाधि प्राइम कमर्सियल बैंक लिमिटेडले जित्न सफल भएको छ ।यहि जेठ २२ गते मंगलबार देखि २४ गते बिहीबारसम्म इमाडोल स्थित बलपार्क स्पोर्ट्स इभेन्ट्स एण्ड एकेडेमीमा सम्पन्न उक्त प्रतियोगितामा आइ.सी.एफ.सी. फाइनान्स लिमिटेडले द्वितीय स्थान हासिल गरेको छ । प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टिमले सहभागिता जनाएका थिए ।  नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा विजेता प्राइम कमर्सियल बैंक, द्वितीय आइ.सी.एफ.सी. फाइनान्स, उत्कृष्ट फिल्डर प्राइम कमर्सियल बैंकका विवेक डाली, उत्कृष्ट विकेट–किपर माछापुच्छ्रे बैंकका निशेस के.सी, उत्कृष्ट बलर एभरेस्ट बैंकका रोशन महत, उत्कृष्ट ब्याट्सम्यान एनएमबी बैंकका अनिल बर्तौला, उत्कृष्ट खेलाडी आइ.सी.एफ.सी.फाइनान्सका सुरज तिमिल्सिनालाई ट्रफी प्रदान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?