इपिजीको प्रतिवेदन भारतले बुझ्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई, खुला खुलस्त कुरा गर्ने दाबी

इपिजीको प्रतिवेदन भारतले बुझ्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई, खुला खुलस्त कुरा गर्ने दाबी

अर्थ चौतारी

इपिजीको प्रतिवेदन भारतले बुझ्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई, खुला खुलस्त ...

A A- A+

काठमाडौं, २३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा देखिएका सबैखाले समस्याको समाधानको लागि पहल गर्ने बताएका छन् । उनले फराकिलो, सहनशील र न्यायोचित मनका साथ सम्वाद गरेमा नेपाल–भारतबीचका समस्या सहजै समाधान गर्न सकिने बताएका हुन् ।

जलस्रोत विकास संस्थाद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा हिजो (शनिबार) आयोजित पूर्व प्रशासक सूर्यनाथ उपाध्यायको ‘अन्तर्राष्ट्रिय जलप्रवाह कानुनः नेपाल–भारत सहकार्यको दृष्टिकोण’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री ओलीले उक्त विचार व्यक्त गरेका हुन् ।

उनले नेपाल–भारतबीचमा धेरै नभए पनि केही समस्याहरू रहेको बताए । ती समस्याको समाधानका लागि आफ्नो प्रस्तावमा दुवै प्रधानमन्त्रीबीचको सहमतिमा प्रबुद्ध व्यक्तिहरूको समूह (इपिजी) गठन गरिएको उनले स्मरण गराए । ओलीले भने,‘इपिजीको प्रतिवेदन बुझ्ने–बुझाउने मौका अहिलेसम्म मिलेको छैन । नेपाली पक्षले प्रतिवेदन बुझ्न नभ्याउने कुरै भएन । भारतीय पक्षको पनि प्रतिवेदन बुझ्न अब समय मिल्ला भन्ने लाग्या छ । प्रतिवेदन बुझेपछि दुवै मुलुकका बीचमा थाँती रहेका विषयमा छलफल गर्न सहज हुन्छ ।’

भारत लामो संस्कृति भएको छिमेकी मित्र भएकाले हामीले खुल्ला खुलस्तरूपमा छिमेकीसँग कुरा गर्नुपर्नेमा उनको जोड थियो । प्रधानमन्त्री ओलीले खुला कुरा राख्न नसकेर भूराजनीतिको टाउकामा दोष थोपर्र्न नमिल्ने पनि बताए । उनले भने,‘सत्ता प्राप्त गर्न र टिकाउन जे पनि गर्ने र मुख बन्द गर्ने वा टाउको हल्लाउने काम हामीले गर्नु हुँदैन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?