पार्टी सभापति लामिछानेमाथि मुकुलले लगाएको आरोप एउटा पनि सत्य छैनः गणेश पराजुली

पार्टी सभापति लामिछानेमाथि मुकुलले लगाएको आरोप एउटा पनि सत्य छैनः गणेश पराजुली

अर्थ चौतारी

पार्टी सभापति लामिछानेमाथि मुकुलले लगाएको आरोप एउटा पनि सत्य ...

A A- A+

काठमाडौं, १२ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य गणेश पराजुलीले मुकुल ढकाललाई गरिएको कारबाही कानुनसम्मत रहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राजनीतिक दल सम्बन्धि ऐनमा रहेको व्यवस्थाअनुसार मुकुलाई हटाइएको बताएका हुन् ।

साथै, रास्वपाबाट निष्काशित ढकालले सभापति रवि लामिछानेमाथि लगाएको कुनै पनि आरोपमा सत्यता नरहेको उनको भनाइ छ । पार्टीबाट निष्काशित हुनुपर्दाको रनाहमा मुकुलले सभापति लामिछानेविरुद्ध बोलेको उनले दाबी गरे ।यी विषयहरु आज उहाँलाई पार्टीबाट कारबाही गरिसकेपछि घटेका घटना हुन् र ? हिजो सहयात्रा हुँदैगर्दा हामीसँगै लडेका युद्ध हुन् नि ? होईन र ? मैले यसलाई प्रतिक्रियाको रुपमा लिएकै छैन । यी कुरा प्रतिक्रियाका लागि लिन योग्य होईनन्,’– रास्वपाका सभापति लामिछानेलाई मुकलले सहकारी ठगी, दोहोरो नागरिकता, दोहोरो राहदानीलगायतका प्रकरणमा दोषी प्रमाणित गर्न सक्छु भनि दिएको अभिव्यक्तितर्फ लक्षित गर्दै उनले भने ।

साथै, अहिले देशका सबैभन्दा बढी चर्चा रास्वपाको रहेको र सबै स्थापित दलहरुलाई रास्वपा सबैभन्दा ठूलो समस्याको रुपमा देखापरेको उनले टिप्पणी गरे । ‘आज राजनीतिक दलहरुमा सबैभन्दा धेरै चर्चा गरिन्छ भने राष्ट्रिय स्वतन्त्र पार्टीको गरिन्छ । सबै स्थापित दलहरुको लागि सबैभन्दा ठूलो समस्या भनेको राष्ट्रिय स्वतन्त्र पार्टी हो । किनकी यो देश बनाउने प्रक्रियामा सशक्त रुपमा जनताले दिएको विश्वास, आश, भरोसाको रुपमा उदायको चौथो ठूलो दलको विषयमा कोही यसरी प्रस्तुत हुनुलाई म ठूलो कुरा मान्दिनँ,’– उनले भने ।

मुकुल ढकाल रास्वपाले कारबाही गरिसकेको एक जना पात्रमात्रै रहेको बताउँदै नेता पराजुलीले ढकालको बारेमा धेरै चर्चा गर्न आवश्यक नै नरहेको बताए । कारबाही गरिसकेको पात्रले के बोल्छ र के गर्छ भन्ने कुरा फरक नपर्ने उनका भनाइ छ । पार्टी बनाउने डे वानमा जोडिएका २१ जना केन्द्रीय सदस्यको उत्तिकै भूमिका रहेको बताउँदै उनले कसैलाई घटी वा बढी भूमिका छ भनेर प्रचार गर्न आवश्यक नरहेको बताए । साथै, पार्टीमा पछिल्लो समय जोडिएको, मत दिएका, आलोचकलगायतको पनि पार्टी निर्माणमा ठूलो भूमिका रहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?