काठमाडौं । नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने प्रलोभनमा पारी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी ७ घर भई काठमाडौंको कागेश्वरी मनहरा बस्दै आएका राजन श्रेष्ठ र झापा गौरादह घर भएका ईश्वरी पाण्डे रहेका छन् । प्रहरीका अनुसार उनीहरूले जापान पठाइदिने भन्दै करिब तीन करोड ठगी गरेका हुन् ।
नारायणबहादुर राईको नागरिकता दुरुपयोग गरी पुतलीसडकमा नियोनी एजुकेशन कन्सल्टेन्सी दर्ता गरी नारायण बहादुर राई नाममा चलाउँदै आएका उनीहरुले जापान पठाउने भनी चार लाखदेखि सातलाख रुपैयाँसम्म उठाउने गरेको प्रहरीले जनाएको छ ।
ईश्वरी पाण्डेले पनि पर्वराज पाण्डेको हराएको नागरिकताको दुरुपयोग गरी उनको नाममा बैंक खोली रकम जम्मा गर्ने गरेका थिए ।
तीन वर्षदेखि पठाओ चलाउँदै आएका नागरिकता धनी नारायणबहादुर राईले आफ्नो नागरिकता १५÷१६ वर्ष अगाडि हराएको प्रहरीमा बयान दिएका छन् ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच