थप ५ जनामा हैजा पुष्टि, संक्रमितको संख्या ५५ पुग्यो

थप ५ जनामा हैजा पुष्टि, संक्रमितको संख्या ५५ पुग्यो

अर्थ चौतारी

थप ५ जनामा हैजा पुष्टि, संक्रमितको संख्या ५५ पुग्यो

A A- A+

काठमाडौं– नेपालमा हैजा संक्रमितको संख्या ५५  पुगेको छ ।

विभिन्न जिल्लामा थप ५ जना संक्रमित थपिएसँगै देशभर हैजा संक्रमित संख्या ५५ पुगेको हो । ललितपुरमा मात्र ४१ जना हैजा संक्रमित भेटिएको स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) शाखाले जनाएको छ ।

यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा ४ जना र प्युठानका २ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।

बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । बर्खायाममा खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?