काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले सोमबार प्रतिनिधिसभा बैठक सञ्चालनमा सहयोग गर्ने भएको छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले हिंसा शब्दको प्रयोगप्रति आफूहरूको विमति कायम रहेको बताए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले विदेश भ्रमणका निम्ति सम्बोधन गर्ने कार्यसूचीलाई प्रभावित नपार्ने उनले जानकारी गराएका हुन् ।
माओवादी केन्द्रले यसअघि हिंसा शब्द नसच्याएसम्म बैठक सञ्चालन गर्न नदिने निर्णय गरेको थियो । त्यही कारण आइतबार प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगन गरिएको थियो ।
यही भदौ १२ गतेको प्रतिनिधिसभा बैठकमा नेकपा (एमाले)का सांसद योगेश भट्टराईले माओवादीको सशस्त्र द्वन्द्वलाई हिंसा भनेपछि विवाद चुलिएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच