पत्रकारितालाई मर्यादित पेसा बनाउनुपर्ने : मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह कञ्चनपुरमा पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका पत्रकार महिलाहरुका लागि आज आयोजित प्रदेश स्तरीय दुई दिने प्रशिक्षण कार्यक्रममा धारणा राख्नुहुँदै । तस्बिरः इन्द्राकुमारी केसी÷रासस

पत्रकारितालाई मर्यादित पेसा बनाउनुपर्ने : मुख्यमन्त्री शाह

अर्थ चौतारी

पत्रकारितालाई मर्यादित पेसा बनाउनुपर्ने : मुख्यमन्त्री शाह

A A- A+

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पत्रकारितालाई मर्यादित पेसा भएको अनुभूति गराउन जरुरी भएको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिले महिला पत्रकारका लागि कञ्चनपुरमा आज आयोजना गरेको दुईदिने प्रशिक्षणमा उनले धेरै चुनौती पार गरेर पत्रकारिता जगत् वर्तमान अवस्थामा आइपुगेकाले पेसालाई मर्यादित बनाउनुपर्ने बताए । मुख्यमन्त्रीले सीमित स्रोतसाधनबाट नै सरकारले आगामी आर्थिक वर्षका लागि राष्ट्रिय समाचार समितिको भवन निर्माण, ‘पत्रकार क्षमता अभिवृद्धि कार्यक्रम’, ‘सहिद दशरथ चन्द स्मृति पत्रकारिता पुरस्कार’को अक्षय कोष स्थापना, नेपाल टेलिभिजनको स्टुडियो निर्माणलगायत सञ्चार संस्थालाई बजेट विनियोजन गरेको जानकारी दिए ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँले, प्रदेश पत्रकार महासङ्घका अध्यक्ष भरत शाह, प्रेस काउन्सिल नेपालका पूर्वसदस्य हरि जोशी, पत्रकार चित्राङ्ग थापाले मुलुकमा अभ्यास भएको पत्रकारिताका बारेमा आआफ्ना धारणा व्यक्त गरेका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?