झापामा जीप र मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु

झापामा जीप र मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु

अर्थ चौतारी

झापामा जीप र मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु

A A- A+

काठमाडौँ । झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–००१ च ९३२९ नम्बरको जीप एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभयो । उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो ।

जीप चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ । मृतकको सनाखत हुन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?