सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

अर्थ चौतारी

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

A A- A+

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ११ सयले घटेर १ लाख ३८ हजार २०० मा कारोबार भइरहेको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाल सुन तोलाको एक लाख ३९ हजार ३ सयमा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३८ हजार ६५० मा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १७ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको १७ सय ४० मा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?