सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ

सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ

अर्थ चौतारी

सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ

A A- A+

कास्की । नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । सो अभियोगमा पोखरा महानगरपालिका–५ पर्स्याङ बस्ने २७ वर्षीय धर्मराज थापालाई प्रहरीले पक्राउ गरेको हो । उनले बागलुङ घर भएका १९ वर्षीय युवकलाई नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै उनले नगद १ लाख ७० हजार रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ ।थापाले आफूलाई पोखरामा रहेको आर्मी फिटनेस सेन्टरको सञ्चालक भएको बताउँदै नेपाली सेनाको माथिल्लो तहका हाकिमलाई चिनेको भनी ठगी गरेका थिए ।वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले थापालाई पोखरा महानगरपालिका–५ जिरोबाट पक्राउ गरेको हो । उनलाई ठगी,आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?