लगनखेलस्थित श्रीराम फार्मेसीका सञ्चालक पक्राउ

लगनखेलस्थित श्रीराम फार्मेसीका सञ्चालक पक्राउ

अर्थ चौतारी

लगनखेलस्थित श्रीराम फार्मेसीका सञ्चालक पक्राउ

A A- A+

काठमाडौँ । ललितपुरको लगनखेलस्थित श्रीराम फार्मेसीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सञ्चालक लक्ष्मण महर्जन छन् । औषधी व्यवस्था विभागको आग्रहमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले  बताए ।औषधि व्यवस्था विभाग बबरमहलबाट खटिएको टोलीले अनुगमन गर्दा सो फार्मेसीमा खरिद गरेको बिल नभएको औषधी भेटिएको थियो । खरिद बिल बिनाको औषधी भेटिएपछि विभागले फार्मेसी सिल गरेको छ । विभागको टोलीले २३० थान बिल नभएको औषधी बरामद गरेको छ । सञ्चालकविरुद्ध विभागले कानुनी कारबाही अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?