संसद्‌मा मादक पदार्थ सेवन गरी आउने सांसदलाई ६ महिना निलम्बन गर्नुपर्छ : सांसद बस्नेत

संसद्‌मा मादक पदार्थ सेवन गरी आउने सांसदलाई ६ महिना निलम्बन गर्नुपर्छ : सांसद बस्नेत

अर्थ चौतारी

संसद्‌मा मादक पदार्थ सेवन गरी आउने सांसदलाई ६ महिना ...

A A- A+

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले संसद्‌मा मादक पदार्थ सेवन गरी आउने सांसदलाई ६ महिना निलम्बन गर्नुपर्ने बताएका छन् । आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सो धारणा सार्वजनिक गरेका हुन् ।

 

केही दिनअघि प्रतिनिधि सभा बैठकमा एक महिला सांसदले पुरुष सांसद संसद्‌मा मादक पदार्थ सेवा गरी आएको कुरा उठाएको भन्दै बस्नेतले संसद्‌को अनुशासनको कुरा गरेर आफैं अनुशासनहीन काम गर्ने सांसदलाई ६ महिना निलम्बन गरिनुपर्ने बताएका हुन् ।

 

उनले बजेटले कर्मचारीको तलब भत्ता नबढाएको धेरै भएको उल्लेख गर्दै कर्मचारीको तलब बढाउन आवश्यक रहेको बताए । उनले भ्रष्टाचार र कालोबजारी रोक्न नसक्ने तर कर्मचारीको तलब नबढाउने भन्ने कुरा जायज नरहेको बताए ।

उनले वन अतिक्रमण भएकोबारे सरकारले विशेष ध्यान दिन आवश्यक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?