आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज तीन घण्टा बन्द हुने

आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज तीन घण्टा बन्द हुने

अर्थ चौतारी

आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज तीन घण्टा बन्द हुने

A A- A+

गोरखा । पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज तीन घण्टा बन्द हुने भएको छ ।

 

सडक मर्मत गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि १ बजेसम्म सडकखण्ड अवरुद्ध हुने दमौलीस्थित सडक डिभिजनले जानकारी दिएको छ ।

 

चेनेजमा पहिरो नियन्त्रणको कार्य भइरहेको र हिल साइडमा चर्किएर बसेको चट्टानहरू ट्रिमिङ गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि दिउँसो तीन घण्टा सवारी साधन अवरुद्ध हुने सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ ।

 

सार्वजनिक सूचना जारी गर्दै सडक डिभिजनले यस अवधिभर सवारी साधनको व्यवस्थापनमा आवश्यक सहजीकरण गरिदिन प्रशासन र प्रहरीलाई अनुरोधसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?