गभर्नर नियुक्ति चर्चाले शेयर बजारमा उछाल, झण्डै ५० अंकले बढ्यो

गभर्नर नियुक्ति चर्चाले शेयर बजारमा उछाल, झण्डै ५० अंकले बढ्यो

अर्थ चौतारी

गभर्नर नियुक्ति चर्चाले शेयर बजारमा उछाल, झण्डै ५० अंकले ...

A A- A+

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल आएको छ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको चर्चाले बजारमा उछाल आएको हो । आज नेप्से ४९.०९ अंकले बढेर २ हजार ६ सय ७७ दशमलव ४५ विन्दुमा बन्द भएको हो । आजको कारोबारमा २२९ कम्पनीको शेयरमूल्य बढ्दा १५ को घटेको छ । घटेको बजारमा एक कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक रहेका छन् । यी कम्पनीका लगानीकर्ताहरूले आज सर्वाधिक कमाएका छन् । अन्य तीन कम्पनीको शेयरमूल्य पनि ९ प्रतिशतले बढेको छ ।

उच्च अंकले बढेको शेयर बजारमा वीन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ३.०९ प्रतिशतले घटेको छ ।राधी विद्युत् कम्पनीको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज ४१ करोड ८० लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?