संसद भवनमा आत्महत्या गरेका सुरक्षाकर्मीको शव टिचिङ अस्पताल लगियो

संसद भवनमा आत्महत्या गरेका सुरक्षाकर्मीको शव टिचिङ अस्पताल लगियो

अर्थ चौतारी

संसद भवनमा आत्महत्या गरेका सुरक्षाकर्मीको शव टिचिङ अस्पताल लगियो

A A- A+

काठमाडौँ-नयाँ बानेश्वरस्थित संघीय संसद भवनभित्र आफैँले आफैलाई गोली हानेर आत्महत्या गरेको नेपाल प्रहरीका एक जवानको शवलाई पोष्टमार्टमको लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल( टिचिङ) लगिएको छ।अन्दाजी २३ बर्षका प्रहरी जवान अजित गोलेको शवलाई टिचिङ अस्पताल लगिएको हो। गोलेले संसद भवनस्थित दुई नम्बर गेटको शौचालयमा आफूमाथि गोली हानेका हुन् नेपाल प्रहरीको हेडक्वाटरबाट खटाइएको स्पेशल टाक्स फोर्समा कार्यरत उनी २०७८ मा भर्ना भएका थिए। उनी बिहान ड्युटी गरिरहेका थिए। सोही क्रममा उनले शौचालयमा गएर आफूले बोकेको पेस्तोल आफूमाथि प्रहार गरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?