पोखरामा पहिरोमा पुरिएर एक जनाको मृत्यु

पोखरामा पहिरोमा पुरिएर एक जनाको मृत्यु

अर्थ चौतारी

पोखरामा पहिरोमा पुरिएर एक जनाको मृत्यु

A A- A+

काठमाडौं : मंगलबारदेखिको अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर पोखरामा एक जनाको मृत्यु भएको छ।

 

पोखरा महानगरपालिका-२७ सहेलापाटामा ब्लकले बनेको घर पहिरोले पुरिँदा २२ वर्षीय भीमबहादुर थापाकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।

 

उनका अनुसार घटनास्थलबाट ५० वर्षीय कमला थापालाई सकुशल उद्धार गरिएको छ।

उद्धारका लागि प्रहरीसँगै सशस्त्र प्रहरी बल नेपाल २४ नम्बर गण कालिका गण मालेपाटनबाट समेत प्रहरी टोली खटिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?