खबर यो पनि आइपुग्यो ती दुबै खच्चर मेरा थिए

खबर यो पनि आइपुग्यो ती दुबै खच्चर मेरा थिए

अर्थ चौतारी

खबर यो पनि आइपुग्यो ती दुबै खच्चर मेरा थिए

A A- A+

अड्किनु

पोहोर साल

यस्तै समयमा

बासी रोटी बुढाको घाँटीमा अड्कियो।

पानी पनि उनिसँग जान सकेन मुखमै अड्कियो।

पानी नपरेर

आलीधुर गरेको खेत पनि

बाँझै बस्यो

वीउ व्याडमै अड्कियो।

परीक्षा फि तिर्न नसकेर

एस इ इमा सामेल हुन नसकेको छोरो घरमा बसेन

मुम्बई पस्यो

कुन्नि किन उतै अड्कियो।

एक दिन बिहानै स्कुल हिंडेकी छोरी

फर्केर कहिल्यै आइन

उखुबारीमा अड्किएको उसको पछ्यौरी,

काँसघारीमा लापर्वाह भेटिएको उसको लास

मेरो आँखामा मात्रै अड्कियो

मेरी छोरीको कलिलो जवानीमा

गिद्दे आँखा अड्काउने बलत्कारी,

सरकारको आँखामा परेर कि नपरेर हो

मैले चिच्याएको न्यायको आवाज

अदालतमा अड्किरह्यो।

बुढाको श्राद्द गर्न

नुन, चामल,

दाल,तरकारी लिन हिजो बिहानै हिडेका खच्चर

आज बिहानसम्म आइपुगेनन्

बाहुन आएर पनि श्राद्द अड्कियो,

खाद्यान्न नभएर।

अलि ढिलो खबर आइपुग्यो

कर्णालीको पुलको लठ्ठा भाँच्चिएर

दर्जनौं खच्चरको हूल पुलमा अड्कियो

फेरि सँझपख अर्को खबर आइपुग्यो

खच्चरहरुको उद्दार गरियो

दुइटाको मृत्यु भयो।

खबर यो पनि आइपुग्यो

ती दुबै खच्चर मेरा थिए।

यति सुनिसकेर मेरो मुटुमा सास अड्कियो।

भगवान् ! यदि पुनर्जन्म दिन्छौ भने

हामीलाई कर्णालीमा जन्मनबाट अड्काइदिनु।

अमला अधिकारी

-सामाजिक सञ्जालबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?