काठमाडौं : मंगलबारदेखिको अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर पोखरामा एक जनाको मृत्यु भएको छ।
पोखरा महानगरपालिका-२७ सहेलापाटामा ब्लकले बनेको घर पहिरोले पुरिँदा २२ वर्षीय भीमबहादुर थापाकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।
उनका अनुसार घटनास्थलबाट ५० वर्षीय कमला थापालाई सकुशल उद्धार गरिएको छ।
उद्धारका लागि प्रहरीसँगै सशस्त्र प्रहरी बल नेपाल २४ नम्बर गण कालिका गण मालेपाटनबाट समेत प्रहरी टोली खटिएको थियो।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच