कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२, लक्ष्मीपुरमा शनिबार दुर्लभ प्रजातिको अजिंगर फेला परेको छ । स्थानीय सुनील डगौराको बाख्राको खोरभित्र अजिंगर फेला परेको हो ।
आठ किलो तौल भएको अजिंगरको लम्बाइ तीन मिटर बढी रहेको वडा सदस्य डबलबहादुर ऐरले बताए । “अजिंगर बाख्राको खोरभित्र रहेको जानकारी प्राप्त हुनासाथ सुरक्षितसाथ समातेर बोरामा राख्यौँ,” उनले भने, “शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अजिंगर फेला परेको जानकारी दियौँ । त्यसपछि आइपुगेको निकुञ्जको टोलीलाई समातेको अजिंगरसहितको बोरा दियौँ ।”
उद्धार गरिएको अजिंगरलाई कर्मचारीले निकुञ्जको सुरक्षित क्षेत्रमा लगेर छाडेका छन् । अजिंगर सनवोरा नदी हुँदै चितौरा नाला भएर डगौराको बाख्राको खोरमा आहाराको खोजीमा आइपुगेको हुन सक्ने स्थानीय बासिन्दा हरिदत्त भट्टले बताए । उनका अनुसार, गत वर्ष पनि सोही क्षेत्रनजिकबाट अजिंगरको उद्धार गरी निकुञ्जका कर्मचारीलाई बुझाइएको थियो । रासस

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच