धनगढी । कैलालीमा बेवारिसे अवस्थामा छोडिएको एक नाले भरुवा बन्दुक फेला परेको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अस्थायी प्रहरी पोष्ट गोदावरीबाट प्रहरी सहायक निरीक्षक कर्ण बहादुर पार्कीको कमाण्डमा खटिगएको प्रहरी गस्ती टोलीले सोमबार जिल्लाको गोदावरी नगरपालिका ४ स्थित सेती सामुदायिक वनमा सालको रुखको प्वालभित्र बेवारिसे अवस्थामा थान–१ एक नाले भरुवा बन्दुक फेला पारेको हो ।एक थान भरुवा बन्दुकसँगै सिसाको गोली १८ वटा, छर्रा १५ वटा र एउटा सानो डिब्बा बारुदको फेला परेको प्रहरी नायव उपरीक्षक कविन्द्र बोहोराले जानकारी दिए ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच