नेपालमै बढी पढाई हुने विषय पढ्न विदेश जाने विद्यार्थी धेरै

नेपालमै बढी पढाई हुने विषय पढ्न विदेश जाने विद्यार्थी धेरै

अर्थ चौतारी

नेपालमै बढी पढाई हुने विषय पढ्न विदेश जाने विद्यार्थी ...

A A- A+

काठमाडौं । वैदेशिक अध्ययनमा जाने नेपाली विद्यार्थीको सङ्ख्या हरेक वर्ष बढ्दो क्रममा छ । २०८० सालमा मात्रै एक लाख १४ हजार ४२२ वटा वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) जारी भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांक अनुसार २०८० वैशाखदेखि चैत महिनासम्म उक्त सख्यामा एनओसी जारी भएका थिए ।त्यसरी विदेश पढ्न जानेमध्ये धेरै जसो जापानी भाषा पढ्न जापान पुगेको देखिन्छ । त्यस्तै बिजशेन स्टडी, म्यानेजमेन्ट, इन्जिनियरिङ, हेल्थ, इन्फर्मेशन टेक्नोलोजी, साइन्स, हस्पिटालिटी, कम्प्युटर साइन्स, आर्टस्, साइन्स एण्ड टेक्नोलोजी लगातयका विषय पढ्न बढी विद्यार्थीहरू विदेश जाने गरेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । जबकि यिनै विषयको पठनपाठन हुने कलेज तथा शिक्षण संस्थाहरू नेपालमा समेत बढी छन् । जहाँ विद्यार्थीहरूको चाप समेत बढी छ । त्यही विषयको अध्ययनका लागि विद्यार्थीहरू बाहिर जाने गरेको देखिएको हो ।शिक्षा मन्त्रालय अन्तर्गत एनओसी शाखाको तथ्यांक अनुसार २०८० सालमा जापानी भाषा अध्ययनका लागि ३३ हजार १६१ विद्यार्थीले एनओसीले लिएका छन् । जापानमा अध्ययन गर्न जाने विदेशी विद्यार्थीलाई सबैभन्दा पहिला जापानी भाषा पढ्नुपर्ने जापानको प्रावधान छ । निश्चित समय जापानी भाषा पढेपछि मात्रै थप अध्ययनका लागि अनुमति पाइन्छ ।दोस्रो नम्बरमा रहेको म्यानेजमेन्ट पढ्नका लागि जाने गरेको देखिएको छ । म्यानेजमेन्ट पढ्नका लागि २०८० मा २८ हजार ६९१ एनओसी जारी भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।त्यस्तै बिजनेश स्टडीका लागि ११,३१५, इन्फरमेशन टेक्नोलोजी ६,८०३, साइन्स ४,८७१, हेल्थ ४,७५४, कम्प्युटर साइन्स ४,२८३, इन्जिनियरिङ ४२७२, साइन्स एण्ड टेक्नोलोजी ४१५८, हस्पिटालिटीका लागि ३०१६ एनओसी जारी भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?