भ्रष्ट व्यवस्था र शासकको अन्त्य गर्न आन्दोलन आवश्यक छ : कमल थापा

भ्रष्ट व्यवस्था र शासकको अन्त्य गर्न आन्दोलन आवश्यक छ : कमल थापा

अर्थ चौतारी

भ्रष्ट व्यवस्था र शासकको अन्त्य गर्न आन्दोलन आवश्यक छ ...

A A- A+

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको लागि आन्दोलन आवश्यक भएको भन्दै राप्रपा नेपाललाई बलियो बनाउन जरुरी भएको बताएका छन् ।

आइतबार एक कार्यक्रममा बोल्दै थापाले असफल साम्यवाद र पुँजीवादको विकल्पमा सम्बर्द्धनवादको वैचारिक धरातलमा सबल र समृद्ध नेपाल निर्माण गर्नु आवश्यक भएको जिकिर गरे ।

थापाले भ्रष्टाचार, धर्म परिवर्तन, बेरोजगारी अन्त्य र सुशासनको लागि जनता जाग्नुपर्ने भन्दै विदेशी प्रभाव र दबाबबाट मुक्त गर्न स्वाधीनताको रक्षाको लागि आन्दोलन आवश्यक भएको थापाको भनाई छ । कार्यक्रममा डाक्टर विष्णु भण्डारी ,राजाराम बर्तौला, अम्मर केसी ,उज्ज्वल पोखरेल लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?