दक्षिण अफ्रिकासँग १ रनले हारेको नेपालको बहादुरीपूर्ण प्रदर्शनको विश्वभरबाट प्रशंसा

दक्षिण अफ्रिकासँग १ रनले हारेको नेपालको बहादुरीपूर्ण प्रदर्शनको विश्वभरबाट प्रशंसा

अर्थ चौतारी

दक्षिण अफ्रिकासँग १ रनले हारेको नेपालको बहादुरीपूर्ण प्रदर्शनको विश्वभरबाट ...

A A- A+

काठमाडौं । आईसीसी टी-२० विश्वकपको रोमाञ्चक खेलमा दक्षिण अफ्रिकासँग १ रनले हारेको नेपालको बहादुरीपूर्ण प्रदर्शनको खुलेर प्रशंसा भइरहेको छ ।विश्वभरका क्रिकेट समर्थकले सामाजिक सञ्जालमार्फत नेपाली क्रिकेटका लागि एउटा दुःखद क्षणका रुपमा यो हारलाई लिंदै दक्षिण अफ्रिका विरुद्ध बहादुरीपूर्ण प्रदर्शनको भने तारिफ भइरहेको छ। जित नजिक पुगेर पराजित हुँदा समर्थकहरु बेचैन भइरहेका छन्। यस्तोमा इन्डियन प्रिमियर लिग क्लब राजस्थान रोयल्सले विश्वले नेपाली खेलाडीले दक्षिण अफ्रिका विरुद्ध देखाएको प्रतिस्पर्धात्मक खेलमा गौरव गर्ने बताएको छ।त्यस्तै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले पनि गर्व गर्न लायक प्रदर्शन भन्दै क्यानलाई मेन्सन गरेको छ। त्यस्तै कमेन्टेटर मोहम्मद काइफले दक्षिण अफ्रिकाबिरुद्ध धेरै उत्कृष्ट खेलेको भन्दै अन्तिम रन लिने क्रममा गुल्सनले बल लागेपछि आफ्नो गति धिमा गर्दा विश्वकपमा एक अर्को सुपर ओभरको मौका गुमेको बताए । यद्यपि उनले सिमित खेलका अवसरमा यो खालको प्रदर्शनले नेपाली क्रिकेटले धेरैको मन जितेको बताए।त्यस्तै एक्समा धेरैले नेपाल र दक्षिण अफ्रिकालाई मेन्सन गर्दै नेपालको प्रसंसा गरेका छन् । ह्यासट्याग नेपाल विरुद्ध दक्षिण अफ्रिकामा १४ सय बढीले नेपाल र दक्षिण अफ्रिकाबिचको खेललाई लिएर ट्विट गरेका छन् । स्पोर्ट ट्रेन्डीङमा नेपाली खेलाडीहरुको प्रसंशा भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?