काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय सरकारका अधिकारीहरूले आफ्नो अधिकार हत्तपत्त तल दिन नचाहँदा संविधानमा व्यवस्था भएको प्रहरी समायोजन लगायत काम हुन नसकेका बताएका छन् । सोमबार राष्ट्रिय समाचार समितिको नेपाली भाषाको २४ घण्टे समाचार सेवा प्रारम्भ गर्दै मन्त्री गुरुङले प्रहरी प्रमुखहरूले राष्ट्रिय सुरक्षाको कारण प्रहरी समायोजन हुन सक्दैन भनी विदेशीसमेत सहभागी कार्यक्रममा भनेको विषयलाई लिएर आफूले उनीहरूको त्यसै समय जिब्रो थुत्नु पर्थ्यो भनेर भनेको सुनाए ।‘यसले अहिले तरङ्ग पैदा भएर चर्को भएको छ’, गुरुङले अगाडि भने ।यस विषयमा आफूलाई प्रधानमन्त्रीले पनि सचेत गराएको बताउँदै गुरुङले पाठ सिकेको बताए ।यसबाट आफूले बोल्ने कुरामा सचेत हुनु पर्छ भन्ने पाठ सिकोको गुरुङले स्पष्ट पारे ।प्रधानमन्त्री केपी शर्मा ओलीले छोटो बोल्न र भाषाको प्रयोग गर्दा ध्यान दिन आफूलाई सुझाव दिको बताउँदै गुरुङ अब त्यसै गर्ने बताए ।कार्यक्रममा बोल्दै गुरुङले आफूले एक सय दिनमा गर्ने भनेका काममध्ये २ वटा सम्पन्न गरेको जानकारी दिए । राससबाट २४ घण्टे समाचार सेवा प्रवाह गर्ने काम त्यसमध्येको एक भएको गुरुङले जानकारी दिए ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच