एमाले सुनसरी जिल्ला अध्यक्ष खनालको निधन

एमाले सुनसरी जिल्ला अध्यक्ष खनालको निधन

अर्थ चौतारी

एमाले सुनसरी जिल्ला अध्यक्ष खनालको निधन

A A- A+

सुनसरी । नेकपा (एमाले) सुनसरी जिल्ला अध्यक्ष निलम खनालको निधन भएको छ । नियमित उपचारका लागि भारतको हैदरावाद जाने क्रममा बिहीबार बिहान २ बजे राति तेलङ्गना राज्यको कागजनगर पुग्दा बाटैमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।खनाल नेकपा एमाले सुनसरीको पन्ध्र दिन अघि भएको आठौँ अधिवेशनबाट सुनसरी जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए ।लामो समयदेखि जन्डिसका बिमारी खनाल भारतमा उपचार गराउँदै आउनु भएको थियो । खनालका श्रीमतीसहित एक छोरा र एक छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?